३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिभिजन अभिनेत्री शर्माले सुटिङ सेटमै झुण्डिएर आत्महत्या गरिन्



अ+ अ-

एजेन्सी । टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार मुम्बईको सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

२० वर्षीया तुनिषा म्युजिक भिडियो खिच्न लागेकी थिइन् । सेटमा रहेका मानिसहरूले उनलाई झुण्डिएको देखेर अस्पताल लगे तर बाटोमै उनको मृत्यु भयो ।

आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । आत्महत्या गर्नुअघि तुनिषा पूर्णतया सामान्य थिइन् र ५ घण्टाअघि उनले इन्स्टाग्राममा आफ्नो फोटो र केही नोट सेयर गरेकी थिइन् ।

उनले कट्रिना कैफको फिल्म ‘फितूर’मा आफ्नो बाल्यकालको भूमिका निर्वाह गरेकी छिन् । यसबाहेक उनले अलिबाबा दास्ताने काबुलमा राजकुमारी मरियमको भूमिका निभाएकी थिइन् । यसबाहेक उनले बार बार देखो, कहानी–२, दबंग–३ जस्ता चलचित्रमा बाल कलाकारको रुपमा पनि काम गरिसकेकी छिन् ।

२० वर्षीया तुनिषाले टिभी शो भारत का वीर पुत्र-महाराणा प्रतापबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी चक्रवर्तिन अशोक सम्राट, गब्बर पुन्चवाला, शेर-ए-पंजाब: महाराणा रंजित सिंह, इन्टरनेट वाला लभइश्क शुभान अल्लाह जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।

 




भर्खरै