• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीयको मृत्यु



प्रतीकात्मक तस्बिर

बारा । बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार साँझ बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले शिवपुजनलाई बोलाई चिया पसलमा गोली हानि फरार भएको बताइएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते शिवपुजनलाई प्रहरीको सहयोगमा अस्पताल पुर्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । शिवपुजनको निधन न्युरो अस्पताल भएको प्रहरीले जनाएको छ । मृतक शिवपुजन बिहीबार बरियापुर आफन्तकहाँ आएको प्रहरीले जनाएको छ ।

शिवपुजनसँग रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्नको खोजतलास तीव्र पारिएको उपरीक्षक बोगटीले भए ।