११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान र अभियोजन कर्ताबीच समन्वय हुन जरुरीः का.मु. प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताउनुभएको हो । उहाँले फैजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको सक्षता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले नेपालको फैजदारी कानूनी राज्य बनाउन फैजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यवसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदै आएको बताउनु भयो । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको भन्दै धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएको बताउनु भयो ।

उहाँले फैजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताउनु भयो । उहाँले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यसमा आवद्ध संस्था वा निकायहरुको सक्षमता,निष्पक्षता,व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहन्छ । नेपालको फैजदारी कानूनको महत्वपूर्ण भुमिकामा रहेको महान्यायाधीवक्ताको कार्यालय फौजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको कुशल क्षमता व्यवसायीकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फैजदारी न्यायप्रणालीले गतिशिलता प्राप्त गर्नसक्छ ।

सोही भावना अनुरुप संस्थागत सुदृढीकरण तथा सरकारी वकीलहरुको व्यवसायीक क्षमताको विकासको लागि महान्यायाधीवक्ताको कार्यालयबाट महत्वपूर्ण प्रयासहरु हुँदै आएको पनि छ । फौजदारी न्याय प्रणाली सम्बन्धमा हाम्रो आफ्नै अनुभव अभ्यास रहेको छ । त्यसै अनुरुपको संवैधानिक कानूनी एवं संरचनागत व्यवस्था गरी समसामयिक परिवर्तनहरु हुँदै आएका छन् ।

अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकाय सक्षमता प्रभावकारीता तथा ती निकायबीचको कार्यगत सम्बन्ध समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन सकिँदैन भन्ने लाग्छ । कानून व्यवसायी रहँदादेखि अहिलेसम्मको अनुभव पनि यही रहेको छ । फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको छ । धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएका छन् । फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना छैन ।

अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा समेत त्यतिकै ध्यान दिन जरुरी हुन्छ । पीडितमैत्री एवम क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएका छन् । यसले हाम्रो अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको सोच दृष्टिकोण मान्यता र क्षमता अपेक्षा गर्दछ ।’

का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताउनु भयो । उहाँले फैजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतिहरु रहेको बताउनु भयो । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ फौजदारी न्यायको प्रभावकारीताको लागि मुलतः अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक छ । अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्थम्भहरु हुन् । यसको सु्दृढीकरण बिना फौजदारी न्याय सवल र प्रभावकारी बन्न सक्दैन । फैजदारी मुद्दाको आधार पनि त्यसैमा निर्भर रहने हो । हाम्रो सन्दर्भमा फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेका छन् ।

खासगरी अपराधको अनुसन्धान वैज्ञानिक एवम् प्रविधिमा आधारित हुन नसकेको वस्तुनिष्ठ अभियोजन हुन नसकेको वस्तुगत अभियोजन र अनुसन्धानमा दोषी उम्कने र निर्दोष व्यक्ति फस्ने गरेको कसुर लागेको व्यक्ति थुन्न अनि सुन भन्ने सोचबाट अझै पनि पूर्ण रुपमा मुक्त हुन नसकेको लगायतका फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु व्यक्त हुने गरेको पाइन्छ । त्यस प्रकारका सरोकारहरुलाई निरपक्ष रुपमा इन्कार गर्न हुँदैन ।

हामीले हेर्दा कहिले काहीँ सरकारी वकिलबाट अनुसन्धान रोमा अनुसन्धान गर्ने प्रहरीलाई कसैको निर्देशन भएन की अनुसन्धान कर्ताले पालना नगरेको हो की भन्ने अवस्था पनि देखिन्छ । अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी छ । त्यसैबाट फौजदारी कानूनको जग बलियो हुन्छ भन्ने लाग्छ । अनुसन्धान अभियोजनका सुधारका क्षेत्रहरु रहेका छन् । महान्यायाधीवक्ताको कार्यालयबाट त्यो खालका प्रयास भएका छन् ।’

उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फैजदारी कानूनको जग बलियो हुने दाबी गर्नुभयो ।