२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा अस्पताल बनाउने विषयमा विवाद बढ्दा गाउँलेबीच कुटाकुट, ३५ जना घाइते



अ+ अ-

बैतडी । बैतडीमा १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा गाउँलेबीच कुटाकुट भएको छ ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का बासिन्दाबीच भएको झडपमा ३५ जना घाइते भएका छन् । दुबै वडाका स्थानीयले आ-आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयमा विवाद हुँदा बिहीबार साँझ झडप भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै स्थानमा जमिन रहेको छ । आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै केही समयअघि वडा नम्बर १ का स्थानीयले तालाबन्दी गरेका थिए । त्यसको केही दिनपछि पुनस् वडा नम्बर ७ का स्थानीयले पनि तालाबन्दी गरेका थिए ।

प्रहरीको अनुसार दुवैलाई सहमति गराएर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो । झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

२०७० सालदेखि अस्पताल निर्माण हुने भनेपनि स्थानीयहरूको विवादले गर्दा ९ वर्षदेखि निर्माणकार्य अघि बढेको छैन ।