२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ ।

पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले बिहीबार उक्त पुस्तकको विमोचन गरे ।

पुस्तकमा योञ्जनले लेखेका दुई सय ४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ । पच्चीस वर्षदेखिको खोज र सङ्कलनपछि गीत सङ्ग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी धर्मपत्नी रिञ्छेनले बताइन् ।

उक्त सङ्ग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’लगायत गीत समावेश छन् । योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गरिन् । गीत सङ्ग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उनले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताइन् ।

योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राखेका थिए । योञ्जनलाई कविका रुपमासमेत उनले चिनाए । योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामाथ्र्य पाइने प्रतीकको भनाइ थियो । कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गरेका थिए ।

योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिवलमा उहाँका गीतको साङ्गीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो । ‘यति चोखो, यति मिठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए ।