८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई



अ+ अ-

पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ ।

गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ ।

उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।

त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ ।

तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । राजधानी दैनिक