• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

शिक्षक हत्या प्रकरणः आरोपित दुईजना सार्वजनिक



बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलन प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र बिमला दुवैले बोकेर नजिकैको केत्तुकेको झाडीमा फालेका थिए । दुवैजना विरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।