२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाया युद्ध लडेको सैनिकको कथामा ‘गोर्खा वारियर’



अ+ अ-

काठमाडौँ । नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी दिइयो ।

“सैनिकले केकस्तो अवस्थामा युद्ध लडेका थिए भन्ने यसमा देखाएका छौँ । उहाँको परिवार र जीवनीसमेत समेटेका छौँ”, निर्देशक चाम्सले भने, “हामीले नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ ।” आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक गरियो । जङ्गल युद्धलाई देखाउँदा कठिनाइ भएकै कारण निर्माणमा लामो समय लागेको निर्देशक चाम्सले जानकारी दिए ।

“म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा युद्ध लड्ने प्राविधिक शैली नै देखाएका छौँ । अन्य फिल्म जस्तो एउटा हिरोले नभई सम्पूर्ण टिमले वास्तविक झैँ यसमा युद्ध लड्नेछन्”, निर्देशक चाम्सले भने । पत्रकार सम्मेलनमा उपस्थित सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले निर्देशक चाम्सलगायतको टिमलाई शुभकामना दिए । “नेपाली वीरताको कथालाई अन्य निर्माताले पनि पर्दामा ल्याउनुपर्छ । म यसमा गीतकारका रूपमा जोडिन पाउँदा खुसी छु”, पूर्वमहानिरीक्षक खनालले भने । उपस्थितले भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङलगायतको प्राविधिक पक्षको तारिफ गरेका थिए ।

नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् ।

नेपाल र मलेशियामा छायाङ्कन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना र एलिस कार्कीको सङ्गीत रहेको छ ।




भर्खरै