• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृतिको समेत घोषणा



पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ ।

पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुंगलाई विशेष सम्मान गरेको थियो ।

कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुंगलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा सहभागी १२० भन्दा बढी पूर्व गोरखा सैनिक र उहाँहरुका पत्नीहरुलाई समेत कम्पनीले टोकनअफ लभले सम्मान गरेको थियो ।
कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरुले चर्चा गरेका थिए । गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए ।

कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईंको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृतिको समेत घोषणा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिएका थिए । उनले आफूले समेत विदेशका साथी तथा आफन्तलाई नेपालको उपहारको रुपमा खुकुरीको कोरोनेसन ब्राण्ड लैजाने गरेको उदाहरण दिंदै गोर्खा सैनिकहरुप्रति कम्पनीले देखाएको सदाशयताको प्रशंसा गरेका थिए । सो क्रममा उनले आफूहरु पूर्व सैनिकहरुसँग सहकार्य गर्न तयार रहेको समेत बताएका थिए ।

गोर्खा समाज पोखराका अध्यक्ष लक्ष्मीबहादुर गुरुंगले देशले आफूहरुलाई बिर्सिएको भन्दै नेपाल डिस्टीलरिजले चाहिँ सम्झिएर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

उनले कम्पनीसँग सहकार्यको सुरुवात भएको र भविष्यमा यो अझै घनिभूत हुने विश्वास व्यक्त गरेका थिए । सम्मानपछि कम्पनीले पूर्व गोर्खा सैनिक र उहाँहरुका परिवारका लागि रात्रिभोजको समेत आयोजना गरेको थियो ।