१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सरकार बन्छ, नेतृत्वबारे छलफल गर्दैछौँ– प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ सरकार गठबन्धनकै बन्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहण कार्यक्रमपछि संसद् भवन परिसरमा उहाँले भन्नुभयो, “सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब सरकार पनि त्यहीअनुसार बढेर काम गर्छ। गठबन्धनकै सरकार बन्छ। तर, नेतृत्वबारे छलफल गर्दैछौँ।”

गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहनुभएको छ । प्रचण्डले चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले आलोपालो सहमतिअनुसार अबको प्रधानमन्त्री आफूले पाउनुपर्ने बताउनुभएको छ ।