६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ गराउनुभयो ।

शपथ लिने सांसदहरुले विभिन्न १४ भाषामा शपथ लिनुभएको थियो ।

शपथको पाठ यस्तो छ:

म मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीय नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु ।