२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक , सरकार संञ्चालनका बारेमा छलफल



अ+ अ-

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा  बसेको  बैठकमा प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनु भएको छ  ।

छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम,मन्त्रीपरिषद्को बिस्तार  लगायत बिषयमा छलफल भएको जनाईएको छ । माधब नेपाल समुह ले एमाले रहेर सरकारमा सहभागी हुन नसक्ने र सरकार जान बैकल्पीक बाटो खोजेको कारण पनि सरकार बिस्तारमा अलमल  भएको  प्रम देउवा निकट एक नेताले जानकारी दिनु भयो ।

उता सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने यस अघि नै स्पष्ट पारेको छ । उपेन्द्र यादब समूह भने दल को बिवाद निरुपण भएपछि मात्र सरकारमा जाने तयारीमा रहेको छ ।  सरकार बनेको १० दिन भन्दा बढी भै सक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।