२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक , सरकार संञ्चालनका बारेमा छलफल



अ+ अ-

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा  बसेको  बैठकमा प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनु भएको छ  ।

छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम,मन्त्रीपरिषद्को बिस्तार  लगायत बिषयमा छलफल भएको जनाईएको छ । माधब नेपाल समुह ले एमाले रहेर सरकारमा सहभागी हुन नसक्ने र सरकार जान बैकल्पीक बाटो खोजेको कारण पनि सरकार बिस्तारमा अलमल  भएको  प्रम देउवा निकट एक नेताले जानकारी दिनु भयो ।

उता सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने यस अघि नै स्पष्ट पारेको छ । उपेन्द्र यादब समूह भने दल को बिवाद निरुपण भएपछि मात्र सरकारमा जाने तयारीमा रहेको छ ।  सरकार बनेको १० दिन भन्दा बढी भै सक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।