• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि लागेको हुस्सुरकुहिरोको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा प्रभावित भएको छ । उपत्यकाको खराब मौसमका कारण विमानस्थलको बाह्य तथा आन्तरिक उडानमा प्रभाव परेको हो।

बिहान केही विमान अवतरण भएपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको उनले बताए ।

महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएलगतै नियमित रुपमा उडान हुने जानकारी दिए ।