१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग बुधबार भेटवार्ता

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग बुधबार भेटवार्ता
अ अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुनेभएको छ । साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीहरूलाई भेट्ने योजना बनाएकै दिन गोप्य रूपमा तय गरिएको यो भ्रमण हुन लागेको हो ।

जेलेन्स्कीले बुधबार ट्वीटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेख्नुभएको छ, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।”

ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ । गत फेब्रुअरीमा रूसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ ।

राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रूस–युक्रेन युद्धको ३०० औं दिनमा भएको छ । रूसी सेनालाई पश्चिमा मुलुकहरूद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य परिरहेको छ । युक्रेनले रूससँग थप असफलताहरूबाट बच्न सङ्घर्ष गरिरहेको छ ।

जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नुहुनेछ, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ । प्याट्रियट क्षेप्यास्त्रलाई रूसको दण्डात्मक क्षेप्यास्त्र र उसको पूर्वाधारमा ड्रोन आक्रमण रोक्न कीभलाई मद्दत गर्न महत्वपूर्ण मानिएको छ ।

त्यसपछि जेलेन्स्कीले अमेरिकी काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ‘प्रजातन्त्रका लागि निकै विशेषरूपमा ध्यान केन्द्रित’ हुने बताउनुभएको छ । डिसेम्बर ११ मा बाइडेन र जेलेन्स्कीबीच भएको फोन वार्ता, एक हप्ताअघि औपचारिक निमन्त्रणा र आइतबार भ्रमणको पुष्टि भएपछि भ्रमणको योजना गोप्यरूपमा तय गरिएको थियो ।

जेलेन्स्कीको यात्रालाई लिएर सुरक्षा चिन्ता कायमै रहेको भन्दै अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई अनुरोध गरेपछि भ्रमणको विस्तृत विवरण मङ्गलबार अपराह्न सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसको वार्तामा बाइडन र जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र सहयोगीहरूले प्रदान गर्ने हतियार र प्रशिक्षण, रूसमाथि प्रतिबन्ध र अन्य दबाब, र युक्रेनलाई आवश्यक पर्ने आर्थिक र मानवीय सहायताबारे छलफल गर्ने ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले बताउनुभएको छ ।

“उनीहरूले यस द्वन्द्वका हरेक पक्षबारे छलफल गर्नेछन्, जसमा युद्धभूमिको अवस्था र यसपछिका सम्भावित युद्धस्थलबारे पनि छलफल हुने कार्यक्रममा समावेश गरिएको छ,” उहाँले भन्नुभयो । यो भ्रमणले पुटिनलाई ह्वाइट हाउस, वासिङ्टन, स्वतन्त्र विश्व, युक्रेनलाई समर्थन गर्ने सबै राष्ट्रका तर्फबाट एकता र संकल्पको बलियो सन्देश दिन उहाँले बताउनुभयो ।

तर यसमा पुटिनसँग वार्ताका लागि जेलेन्स्कीलाई दबाब दिइने वा नदिइने बिषयबारे केही समावेश गरिएको छैन । जेलेन्स्कीले युक्रेनको डोनेट्स्क ओब्लास्टस्थित बाख्मुतको अग्रपङ्तीको जोखिमपूर्ण भ्रमणपछि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । बख्मुत क्षेत्रमा रूस र युुक्रेन दुवै पक्षले विगत दुई महिनादेखि लगातार गोलीबारी गरिरहेको र यसबाट दुवैतर्फ ठूलो क्षति भएको छ ।

कुनै समय अङ्गुर र नुनखानीका लागि चिनिने बाख्मुतको वरपर गोलाबारी बर्सिँदा शहर र यसको वरपरको ठूलो भागमा क्षति पुगेको छ ।

बाख्मुत भ्रमणमा जेलेन्स्कीले युक्रेनी लडाकुहरूलाई हौसला दिँदै भन्नुभएको थियो, “यहाँ (डोनबास)बाट तपाईं सम्पूर्ण युक्रेनको रक्षा गरिरहनुभएको छ ।” “यो युद्धपूर्वको सामान्य बाख्मुत मात्र होइन, यो अब युक्रेनी सेनाको किल्ला पनि हो,” युक्रेनका सैनिकहरूलाई सम्मान प्रदान गर्दै उहाँले भन्नुभयो ।

सैनिकहरूले जेलेन्स्कीलाई उनीहरूको हस्ताक्षर गरिएको युक्रेनी झण्डा दिँदै यसलाई बाइडेन र अमेरिकी काङ्ग्रेसमा प्रस्तुत गर्न आग्रह गरिएको थियो । उनीहरूले आफुलाई भनेको कुरा सुनाउँदै जेलेन्स्कीले भन्नुभयो, “हामीसँग कठिन परिस्थिति छ, शत्रु ९रूस०ले आफ्नो सङ्ख्या बढाइरहेको छ । हाम्रा लडाकूहरू साहसी छन् तर हामीलाई थप हतियार चाहिएको छ ।”