११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५.८९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ ।

बुधवार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ ।

बुधवार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलवारको कारोबारमा ९३ करोड भन्दा बढीको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ