९ माघ २०८१, बुधबार
,
Latest
डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन ! वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु यसो भए स्वदेशमै बस्छन् युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डनका घरघरमा पुग्दैछ: ‘अविरल इन्द्रावती’



अ+ अ-

काभ्रेपलाञ्चोक । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो ।

विसं २०७८ असारमा वृहत खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको लागतमा ठेक्का आह्वान गरी निर्माण थालिएको थियो । आयोजनाको हाल ६८ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुख्खा क्षेत्र वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

स्वीकृत बजेटमध्ये करिब आधा बजेटबाट हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको छ । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत भएको थियो । उक्त आयोजनाको २०७८ मङ्सिरमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको थियो ।

आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने लक्षण देखिएको छ । शर्मा–लामा–रमण जेभी नामक ठेकेदार कम्पनीले आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ मध्ये खानेपानीको समस्या झेलिरहेको नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता रु एक हजार सङ्कलन गरेको थियो । नगरसँग खानेपानी आयोजनामा एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनालाई नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको थियो ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अध्यक्ष तामाङका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावतीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

उक्त आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० सहित २३ वटा वितरण ट्याङ्की निर्माण गरिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको मुख्य पाइलान ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइलाइन विछ्याउने काम भइरहेको छ । वितरणलाइन भने एक सय ५४ किलोमिटर सहित कूल एक सय ८० किलोमिटर पाइपलाइन हुनेछ ।

यसैगरी खानेपानी आयोजनाको कार्यालय भवन पनि निर्माण गरिएको छ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । गोर्खा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।