२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षपछि शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच जुरेको भेट



अ+ अ-

काठमाडौँ । डेढ वर्षपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच अनौपचारिक भेट भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीको भेट जुरेको हो ।

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाललाई तीनवटा कुर्सीमा सँगै बसेको देख्न सकिन्छ । उनीहरूबीच छोटो संवाद समेत भएको थियो ।

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजनाबीच भलाकुसारी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीन नेताबीच पहिलोपटक भेट भएको हो ।