१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षपछि शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच जुरेको भेट



अ+ अ-

काठमाडौँ । डेढ वर्षपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच अनौपचारिक भेट भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीको भेट जुरेको हो ।

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाललाई तीनवटा कुर्सीमा सँगै बसेको देख्न सकिन्छ । उनीहरूबीच छोटो संवाद समेत भएको थियो ।

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजनाबीच भलाकुसारी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीन नेताबीच पहिलोपटक भेट भएको हो ।