१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री कोइराला निवासमा पौडेल पक्षको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठक बस्दैछन् । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल लगायतलाई बोलाइएको छ।

आजको बैठक मध्यान्ह १२ बजेपछि महामन्त्री शशांक कोइरालाको निवासमा बस्ने बताईएको छ । 

बैठकमा १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवाद र साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे छलफल गर्न लागिएको बताईएको छ ।