९ माघ २०८१, बुधबार
,
Latest
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन ! वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु यसो भए स्वदेशमै बस्छन् युवा यु–१९ विश्वकप क्रिकेटः नेपाल जितविहिन, अष्ट्रेलियासँग ८३ रनले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु



file
अ+ अ-

झापा । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् ।
जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँ अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।

उहाँ छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न जानुभएको थियो । घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो ।