• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

नवनियुक्त चिनियाँ राजदूत अर्को साता नेपाल आउँदै



काठमाडौँ । नेपालका लागि नवनियुक्त राजदूत छन सोङ अर्को साता नेपाल आउने भएका छन् । चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उममहानिर्देशकसमेत रहेका सोङ पुस ११ गते नेपाल आउने बताइएको छ ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको थियो । चार वर्षीय कार्यकाल सकेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन नेपालका लागि राजदूतमा नियुक्त भएका हुन्।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृति गरिसकेकाले उनी जिम्मेवारी सम्हाल्न नेपाल आउन आउन लागेका हुन् ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन्