२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविसहित सबै नेताको चुनावी विवादको सुनुवाइ संवैधानिक इजलासमा



अ+ अ-

काठमाडौँ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएका विवादहरुलाई सुनुवाइ गरेको छ । चुनावी परिणाममा असन्तुष्ट नेताहरुले चुनावमा धाँधली भएको, मतगणना दोहोर्‍याउनुपर्ने लगायतमा माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भने नागरिकता विवादबारे रिट दायर भएको थियो । उनको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।

रविदत्त मिश्र, उमाशंकर अरगरिया, गणेश पौडेल, विदेश्वर यादव, सुकेश्वर यादव, कालीप्रसाद शाक्य, सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादवले दोहोर्याएर मतगणना माग गर्नुभएको छ । त्यस्तै झलनाथ खनाल, बलदेव रेग्मी, कर्णबहादुर थापा र लालबहादुर थापाले पुनः मतदानको माग गर्नुभएको छ ।

यी मुद्दामध्ये केहीको सुनुवाइ भइसकेको छ भने केहीको सुनुवाइ जारी छ । कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ।