७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता राजकिशोर यादव यादव-भट्टराई पक्षतिर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षतिर लागेका छन्। नेता यादव महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष छोडेर शनिवार उपेन्द्र–बाबुरामपक्षको बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकमा सहभागी भएर समर्थन जनाएका थिए। जसपामा विवाद हुन थालेपछि एक बनाउन क्रियाशील समेत रहेका यादव अन्ततः उपेन्द्र–बाबुरामतिरै खुलेका हुन्। 

उपेन्द्र–बाबुरामपक्षको कार्यकारिणी समितिको बैठकमा सहभागी भएर यादवले महन्थ ठाकुरलाई साथ दिननसक्ने जानकारी गराएका थिए। बैठकपछि यादव शनिवार बेलुका ठाकुरलाई भेट्न उनकै निवास हात्तिवन पुगेका थिए। यसअघि यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा १३ दिन मन्त्रीसमेत भएका थिए। सर्वोच्च अदालतले ओलीको मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपछि मन्त्री पदबाट हटेका थिए। जसपा विवादमा पछिल्लो समय उपेन्द्र–बाबुरामपक्षले आधिकारिकता पाउने संकेत पाएपछि यादवले महन्थ–राजेन्द्रपक्षलाई छोडेका हुन्।

यादव पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिराहबाट प्रत्यक्ष निर्वाचित भएका थिए। यादव गत २०७४ सालको निर्वाचनमा सिराह क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।