१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दकोठामा आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे सहमति भए कांग्रेसले बोक्दैन– गगन थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार निर्माण र राष्ट्रपतिबारे बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री र राष्ट्रपतिका विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला उहाँले बुधबार यस्ता विषयमा पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

“सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन”, थापाले चेतावनी दिँदै भन्नुभयो ।

बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी हुनुभएको थियो । प्रत्यासी थापाले २५ मत ल्याउनुभएको थियो ।