१८ माघ २०८१, शुक्रबार
,
Latest
सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँः रास्वपा सांसद गौतम नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदको पुनः प्रवेश पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन: प्रधानमन्त्री सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो तोकिएको दिनभित्रै त्रिवि मैदानमा फ्लडलाइट सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छः प्रधानमन्त्री प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान ‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ’ असल अभ्यासलाई निरन्तरता दिऔँः सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता राजकिशोर यादव यादव-भट्टराई पक्षतिर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षतिर लागेका छन्। नेता यादव महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष छोडेर शनिवार उपेन्द्र–बाबुरामपक्षको बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकमा सहभागी भएर समर्थन जनाएका थिए। जसपामा विवाद हुन थालेपछि एक बनाउन क्रियाशील समेत रहेका यादव अन्ततः उपेन्द्र–बाबुरामतिरै खुलेका हुन्। 

उपेन्द्र–बाबुरामपक्षको कार्यकारिणी समितिको बैठकमा सहभागी भएर यादवले महन्थ ठाकुरलाई साथ दिननसक्ने जानकारी गराएका थिए। बैठकपछि यादव शनिवार बेलुका ठाकुरलाई भेट्न उनकै निवास हात्तिवन पुगेका थिए। यसअघि यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा १३ दिन मन्त्रीसमेत भएका थिए। सर्वोच्च अदालतले ओलीको मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपछि मन्त्री पदबाट हटेका थिए। जसपा विवादमा पछिल्लो समय उपेन्द्र–बाबुरामपक्षले आधिकारिकता पाउने संकेत पाएपछि यादवले महन्थ–राजेन्द्रपक्षलाई छोडेका हुन्।

यादव पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिराहबाट प्रत्यक्ष निर्वाचित भएका थिए। यादव गत २०७४ सालको निर्वाचनमा सिराह क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।