५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको पवित्रता र सांसदको गरिमामा खोट लाग्ने काम भयो– गगन थापा



file
अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका प्रत्यासी गगनकुमार थापाले दलको निर्वाचनमा निर्वाचनको पवित्रता र सांसदको गरिमामा खोट लाग्ने काम भएको बताउनुभएको छ ।

निर्वाचन परिणामपछि दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले निर्वाचन आचारसंहिता विपरित फोटो खिच्ने कुरा दुःखद भएको र यसले सांसद पदको गरिमा घटाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा जित हार स्वाभाविक हो तर जुन कार्य भयो त्यो स्वाभाविक थिएन, फोटो खिच्ने साथीहरुले कतै प्रमाण पेश गर्न खिच्नु भएको होला त्यो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उपयुक्त हुन्छ ।”

थापाले बहुसंख्यक साथीहरु यथास्थितिमा नै दल चलोस् परिवर्वन आवश्यक छैन भन्ने पक्षमा उभिए पनि आफू निरन्तर रुपमा परिवर्तनका लागि लागि रहने बताउनुभयो ।

आफनो उम्मेदवारी परिवर्तन र रुपान्तरणको लागि भएको भन्दै उहाँले भन्नुभयो, “नेता र नेतृत्व बदलियोस्, शैली र भूमिका फेरियोस् भन्ने अपेक्षा मतदाताको थियो त्यो पूरा भएन ।”

थापाले मन्त्री बनेर सरकारमा नजाने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’