२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ ।

देउवाले ६४ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदबार गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ८९ जना सांसदहरुले मतदान गरेका थिए।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।