२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको निर्वाचनमा भोट हालेको तस्बिर सामाजिक सञ्जालमै पोस्ट गर्न थापाको चुनौति



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताको उम्मेदवार गगन कुमार थापाले निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएन ।

मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्बिर खिचेको पाइएको थापा बताउँछन् । ‘नखिच्नुस् भन्दाभन्दै १०/११ जनाले तस्बिर खिच्नुभयो । क–कसले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह खिचेका साथीहरुले आ–आफ्नो सामाजिक सन्जालमा नै पोष्ट गर्दिनुस् ।’

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र थापाले उम्मेदवारी दिएका छन् ।