१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुमा आगलागी हुँदा पाँच घर जल्यो



सांकेतिक तस्बिर
अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ ।

प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताउनुभयो ।

आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताउनुभयो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस