३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्ममा प्रेम कहानीलाई फरक रुपमा देखाइएको छः पुष्प खड्का



अ+ अ-

काठमाडौँ । चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको वरीपरी घुमेको छ । ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदलालाई दर्शाइएको छ ।

चलचित्रको ट्रेलरमा कलाकार सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेटिएको छ । पुष्पको एमिलीसँगको प्रेमकथालाई ट्रेलरमा देखाइएको छ । प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गर्नुभएको छ । कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले फिल्ममा नयाँ किसिमको लभ स्टोरी रहेको बताउनु भयो ।

उहाँले चलचित्रमा माया, साथ, सहयोग र विश्वासघातलाई देखाइएको बताउनु भयो । त्यस्तै अभिनेता सन्दीप क्षेत्रीले फिल्मले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले कुनैपनि निर्माताले पैसा टन्न भयो, व्यापार राम्रो चलिरहेको छ, अब अलिकति डुब्दिऔँ न त भनेर चलचित्र नबनाउने भन्दै सबैले राम्रोसँग साथ दिने बताउनु भयो । उहाँले फिल्ममा आफ्नो अभिनयलाई लिएर एक्साइटेड रहेको बताउनु भयो ।

पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सविर श्रेष्ठ रहनुभएको छ । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसी लगाायतका कलाकारहरुको अभिनय रहेको छ । एमिली लामाको भने यो डेब्यु चलचित्र हो । फिल्ममा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र पुस २९ देखि देशभर प्रदर्शन हुनेछ ।