२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्ममा प्रेम कहानीलाई फरक रुपमा देखाइएको छः पुष्प खड्का



अ+ अ-

काठमाडौँ । चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको वरीपरी घुमेको छ । ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदलालाई दर्शाइएको छ ।

चलचित्रको ट्रेलरमा कलाकार सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेटिएको छ । पुष्पको एमिलीसँगको प्रेमकथालाई ट्रेलरमा देखाइएको छ । प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गर्नुभएको छ । कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले फिल्ममा नयाँ किसिमको लभ स्टोरी रहेको बताउनु भयो ।

उहाँले चलचित्रमा माया, साथ, सहयोग र विश्वासघातलाई देखाइएको बताउनु भयो । त्यस्तै अभिनेता सन्दीप क्षेत्रीले फिल्मले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले कुनैपनि निर्माताले पैसा टन्न भयो, व्यापार राम्रो चलिरहेको छ, अब अलिकति डुब्दिऔँ न त भनेर चलचित्र नबनाउने भन्दै सबैले राम्रोसँग साथ दिने बताउनु भयो । उहाँले फिल्ममा आफ्नो अभिनयलाई लिएर एक्साइटेड रहेको बताउनु भयो ।

पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सविर श्रेष्ठ रहनुभएको छ । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसी लगाायतका कलाकारहरुको अभिनय रहेको छ । एमिली लामाको भने यो डेब्यु चलचित्र हो । फिल्ममा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र पुस २९ देखि देशभर प्रदर्शन हुनेछ ।