५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलको अन्तिम नामावली ५ः४५ बजे नै प्रकाशन हुन्छः भीष्म आङ्दम्बे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताउनुभएको छ ।

काँग्रेस निर्वाचन कार्यालयले दिएको समयभित्र पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिनुभएको बताउनुभएको हो । उहाँले दाबीबिरोधपछि आज ५ः४५ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई जनाको उम्मेदवारी परेको छ, पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । हामी अन्तिम नामावली ५ः४५ बजे प्रकाशित गर्नेछौँ । भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुन्छ ।’

संसदीय दलको मतदान बुधवार बिहान ८ देखि १० बजेसम्म हुनेछ ।