१९ असार २०८३, शुक्रबार
,
Latest
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो ।

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९७ डलर आसपास कारोबार भइरहेको छ । रासस