२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा अमेरिकालाई पहिलो स्वर्ण



अ+ अ-

एजेन्सी । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ ।

ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी टेंकर चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।

उनले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् ।  ४ मिनेट ०९.४२ सेकेण्डको समय निकाल्दै उनी स्वर्ण जित्न सफल रहे । 

यस स्पर्धामा अमेरिकाकै जे लिदरल्याण्डले रजत पदक जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।