१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी
अ अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे । फ्रान्सविरुद्धको फाइनल खेलमा दुई गोल गरे र अन्तिममा पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै उनले टोलीलाई जित दिलाए ।

समग्रमा विश्वकपमा मेसीको प्रदर्शन उत्कृष्ट रह्यो जसले उनलाई ‘गोल्डेन बल’ पनि दिलायो । अर्जेन्टिना र दक्षिण अमेरिकी देशबाहेक भारतमा पनि मेसीका फ्यानले अर्जेन्टिनालाई च्याम्पियन बनाएकोमा खुशी मनाए ।

मेसीका फ्यानले अर्जेन्टिना र मेसीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर खुशी व्यक्त गरे । यसैबीच, भारतीय कांग्रेस सांसद अब्दुल खालिक अर्जेन्टिनाको जितमा यति खुसी भएका छन् कि उनले मेसी भारतीय मूलको भएको बताए । यस विषयमा हंगामा मच्चिएपछि उनले आफ्नो ट्वीट डिलिट गर्नुपरेको थियो । अहिले सामाजिक सञ्जालमा उनको खिल्ली उडाइएको छ ।

आसमको बारपेटा लोकसभा सीटका कांग्रेस सांसद अब्दुल खालिकले अर्जेन्टिनाको जितपछि मेसीको विश्वकप ट्रफीसहितको तस्बिर ट्विटरमा सेयर गरेका छन् ।

यससँगै उनले लेखेका छन्, ‘हृदयदेखि नै बधाई छ । आसामसँगको सम्बन्धको लागि हामी तपाईंलाई गर्व गर्छौं।’ यसपछि एक प्रयोगकर्ताले सांसदलाई मेसीको आसामसँगको सम्बन्धबारे प्रश्न गरे । त्यसपछि उनले मेसीको जन्म आसाममा भएको बताए । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल हुन थाले र अन्त्यमा उनले आफ्नो ट्वीट डिलिट गर्नुपर्‍यो ।