१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड



अ+ अ-

काठमाडौँ । कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको विजेता टिम अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड’ प्राप्त गरेका छन् ।

अर्जेन्टिनी फुटबल टिमका कप्तान मेसीले सो अवार्ड पाएका हुन् । बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीको प्रेरणाले आइतबार कतारमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

प्रतियोगिता अवधिभर मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही कारण उनले गोल्डेन बल समेत पाएका थिए ।

फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनको क्लबबाट पनि प्रदर्शन उत्तिकै राम्रो रहेको छ ।