२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको निर्वाचन: गगनको समर्थकमा नेबिसंघको संयोग



फाईल फोटो
अ+ अ-

काठमाडौंं । संसदीय दलको नेतृत्वका लागि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिनुभएको छ ।

पार्टी सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ ।

त्यस्तै पार्टी महामन्त्री थापाका लागि उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल समर्थक बन्नुभएको छ ।

सभापति देउवाका लागि प्रस्तावक र समर्थक दुवै वृद्धावस्थाका हुनुहुन्छ भने थापाको समर्थकमा तीनै जना युवा नेता हुनुहुन्छ ।

अझ अनौठो संयोग त के छ भने महामन्त्री थापाको समर्थकमा तीन जना नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ, शर्मा र पौडेल तीनै जनाले नेविसंघको नेतृत्व सम्हालिसक्नुभएको छ ।