२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नेतृत्व कसले गर्ने र कस्तो सरकार बन्ने भन्ने अझै अन्योल छ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसको नेतृत्वमा र कस्तो सरकार बन्ने भन्ने अन्योल रहेको बताउनुभएको छ ।

एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले अहिले गठबन्धनले मात्र सरकार बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

हिजो चार वटा राष्ट्रिय पार्टी रहेको अवस्थाबाट अहिले त्यो संख्या ७ पुगिसकेको भन्दै उहाँले भन्नुभयो, “सरकार गठन कस्तो हुन्छ भन्नेबारे अहिले कसैले पनि बोल्न सक्ने अवस्था छैन ।”

अध्यक्ष ओलीले अहिलेको गठबन्धन कुनै उद्देश्यले नभई स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै यस्तो हिसाबले सरकार गठन गर्ने पक्षमा एमाले नरहेको बताउनुभयो ।