१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुथक्याप्चर भएको भन्ने थाहा हुँदाहुँदै दोहोर्याएर निर्वाचन गरिएनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने निकायको भूमिका निष्पक्ष र प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौँमा पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विजय, बधाई र उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन गराउने निकायहरुले कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निर्वाचन सम्पन्न गरे भन्ने अवस्था नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष र प्रभावकारी हुन सकेन । कानुनसम्वत र कर्तव्यनिष्ठ रुपमा निकायले निर्वाभन सम्पन्न गराए भन्न सक्ने अवस्था रहेन । धाँधली र बुथक्याप्चर भएको प्रमाणहरु रहँदारहँदै दाहोर्याएर निर्वाचन गरिएन ।’

नेपालजस्तो देशमा ९८ प्रतिशत मत खस्नु र मरेका मानिसले भोट हाल्ने र विदेशमा भएकाहरुको समेत भोट हालियो भन्दै उनले आपत्ति जनाए । यस्ता कुराहरुलाई रोक्न सकिएन भने लोकतन्त्रप्रति जनताको विश्वास घट्दै जाने ओलीको भनाई छ ।