• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान



काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।

ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार राष्ट्रले भाग लिनेछन् ।

प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङगलादेश प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलङ्काविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते कीर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।

प्रतियोगितमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल सङ्घले सफलताको शुभकामना दिर्दै विदाइ गरेको थियो ।

नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव हुनुहुन्छ ।