• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राप्रपाका जबराले सांसदहरुलाई शपथ गराउने



काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले जेष्ठ सदस्यका रुपमा प्रतिनिधि सभामा निर्वाचित २७५ सासंदहरुलाई सपथ गराउने हुनु भएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले न्युजपोलारसंग भन्नुभयो ‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ । त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ।’

राणाले राष्ट्रपति बिद्यादेबी भण्डारी संग जेष्ठ सदस्यका रुपमा सपथ लिएपछि सांसदहरुलाई पुस ७ गते शपथ गराउनु हुने छ ।