३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन

मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
अ+ अ-

जनकपुरधाम । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।

यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न अन्योलमा छ ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि हालसम्म ठोस योजना बनिनसकेको बताउनुभयो । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट सङ्केत नआएकाले निष्कर्षमा पुग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

“उहाँहरू (दलहरू) केन्द्रीय सत्ता समीकरणको पर्खाइमा हुनुहुन्छ होला । हामीलाई पनि पार्टीहरूको संसदीय दल र नेतृत्व चयन भएको भए सल्लाह गर्न सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर पनि शपथग्रहण र प्रदेशसभा बैठकका लागि संसद् सचिवालय तयारी अवस्थामा छ । सर्वदलीय बैठकपछि कार्यक्रम तय गर्छौँ ।”

पुस २१ भित्रै गरिसक्नुपर्नेछ शपथग्रहण र प्रदेशसभा बैठक

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताउनुभयो । “बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ”, यादवले भन्नुभयो, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।”

संविधानको धारा १६८ ९३० मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।

ज्येष्ठ सदस्यले गराउनेछन् शथप

निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने हाल सबैभन्दा ज्येष्ठ सदस्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्छन् । ज्येष्ठ सदस्यले प्रदेशसभा सचिवालयको सिफारिसमा प्रदेश प्रमुखसमक्ष शपथग्रहण गर्ने गर्दछन् । यही व्यवस्थानुसार सर्वदलीय बैठकपछि ज्येष्ठ सदस्य र त्यसपछि बाँकी सदस्यको शपथग्रहणको योजना बनाउने प्रदेशसभा सचिवालयका सचिव यादवले जानकारी दिनुभयो ।

अघिल्लोपटक मधेस प्रदेशसभामा भोजपुरी, मैथली, नेपाली र हिन्दी गरी चार भाषामा शपथग्रहण गरिएको थियो । रासस