• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

कर्मचारीतन्त्रको घाँटीमा घन्टी कसले बांध्ने ?



कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन्।

तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन। हेनरि फेवेलको प्रशासनको स्वरुप र संगठनको धारणा कर्मचारीतन्त्रको धारणा होइन। संगठन निर्माणको सिद्धान्त हो । म्याक्स वेबरले संगठनभित्र कर्मचारीको प्रवृतिले देखाउने व्यवहार नै कर्मचारीतन्त्र हो भनेका छन्। स्वरुप कहिलेकाही प्रवृति जस्तो पनि देखिन्छ। किनकि सधैभरी कर्मचारीले संगठनको लागि कार्यसम्पादन गर्दछ। त्यसैले हामी समग्र प्रशासनको संगठनमा कहिलेकाहीँ गडबडी देख्छौ। तर यो भ्रम मात्र हो। कर्मचारीतन्त्रको खराबी आफैबाट जन्मिन्छ भन्नेकुरा मेक्स वेवरले कर्मचारीतन्त्रको धारणामा स्पष्ट गरेका छन्।

कर्मचारीतन्त्रको प्रवृत्ति राम्रो भएमा जुनसुकै संगठनमा पनि अब्बल देखिन्छ।हाम्रो देशमा पञ्चायतकालदेखि गणतन्त्र कालसम्म कर्मचारीतन्त्रले नतिजा दिन नसक्नुमा संरचना बाधक होइन। कर्मचारीतन्त्रको व्यवहार र कार्यशैली मुख्य विषय हो। यसको अर्थ नेपालमा हालका संगठनका संरचनाभित्र बसेर कर्मचारीतन्त्रले नतिजा दिन नसक्ने होइन। तर कर्मचारीतन्त्र आफ्नो प्रवृत्तिलाई दोष दिन तयार छैन। संरचना प्रति औँला देखाउँछ।

कर्मचारीतन्त्रले आफ्नै दर्शन र कार्यविधिमा विश्वास गर्छ। र, राजनीतिको आदेशलाई कानूनको परिधिमा रहेर सम्पादन गर्छ। राजनीति नेतालाई त जनताले पाँच वर्षमा करेक्सन गर्छन्। चित्त नबुझेमा ब्यालेटबाट हटाउँछन्। र नयाँ नेतृत्व दिन्छन। मंसिर ४ पछि जनताले मन पराएका नेता संघ ,प्रदेश र स्थानीय सरकारमा पुगेका छन्। पुग्दैछन्। तर कर्मचारीतन्त्र जस्ताको तस्तै छ। उस्तै छ।

अब आउने राजनीति नेतृत्वको मुखमण्डल र व्यवहारको परख गर्न कर्मचारितन्त्र अहिले उद्वेलित छ। नयाँ राजनीतिक नेतृत्वको उत्साहसँगै कर्मचारीतन्त्र आफ्नो व्यवहार परिवर्तन गर्न तयार छरु कर्मचारीतन्त्रको घाटीमा घन्टी बांध्न अबको राजनीति नेतृत्वले सक्ला रु यही प्रश्न भित्र आगामी दिनको विकास समृद्धि र सुशासन केन्द्रित छ।

शासनमा कर्मचारीतन्त्र देखिँदैन राजनीति मात्र देखिन्छ भने त्यो प्रजातन्त्र हो। किनकी शासनका उतारचढावमा राजनीति उत्तरदायी हुन्छ। कर्मचारीतन्त्रले राजनीति नीतिको काम सम्पादन गर्छ। त्यसैले होला युरोप अमेरिका जस्ता विकसित देशमा कर्मचारितन्त्र शासनमा अगाडि देखिँदैन ।भारतमा पनि देखिन छोडेको छ ।नेपालमा राजनीतिभन्दा कर्मचारीतन्त्रको देखिने प्रभाव उच्च छ ।किन रुयसको दोष स्वयं कर्मचारीतन्त्र भन्दा राजनीति मै बढी छ। कर्मचारीतन्त्रलाई नियन्त्रण गर्न अहिले सम्मका सरकार असफल भए। राजनीतिसँग काम र जिम्मेवारीको विश्वास नहुँदा कर्मचारितन्त्र समेत उत्तम हुन सकेन। र प्रत्येक सरकार कर्मचारीतन्त्रले सहयोग नगरेको भन्न बढि रुचाउँछन्। यसको सरल जवाफ कर्मचारीतन्त्र सँग छैन। त्यसैले भनिन्छ कर्मचारीतन्त्र भन्दा राम्रो सरकार हुन सक्दैन। यो हुनलाई राजनितिक व्यक्तित्वले आफ्नो योग्यता शुद्ध बनाउनुपर्छ।

अब बन्ने सरकारसँग यो चुनौती घनिभूत छ। किनकि जनताले राजनीतिमा घन्टी बजाइ सकेका छन्। यो घन्टीको आवाज कर्मचारीतन्त्रको कानसम्म अझै पुगेको छैन ।यदि यही कर्मचारीतन्त्रको फन्दामा आगामी राजनीतिक नेतृत्व पर्ने हो भने जनताका विश्वास जित्न राजनीतिक नेतृत्वले ठूलो चुनौती सामना गर्नुपर्छ ।

कर्मचारीतन्त्रको विकल्प यसलाई राम्ररी काम लगाउन जान्नू हो। सुझबुझ राजनीतिक नेतृत्व नभएमा कर्मचारीतन्त्रले आदेशको पालन मात्र गर्छ। तर यो कुरा राजनीतिक नेतृत्वलाई थाहा हुँदैन। किनकी नेतृत्वको योग्यता हेरेर कर्मचारीतन्त्रले कामको नतिजा दिन्छ ।मुख्य विषय राजनीतिक नेतृत्वको व्यक्तित्व र योग्यता नै हो। पालिकाका प्रमुखहरु इमान्दार, उत्तरदायी, स्वार्थरहित भएका ठाउँमा कर्मचारीतन्त्रले नतिजा दिएको छ। पालिकाहरूको राजनीतिक बेमेलका कारण कर्मचारीतन्त्र अल्मलिएको छ। सङ्घ र प्रदेशमा पनि राजनीतिक नेतृत्वको योग्यता र व्यक्तित्वले कर्मचारीतन्त्रको कार्यसम्पादनमा धेरै फरक ल्याएको छ। यसले प्रथमतः राजनीतिक नेतृत्व सच्चिनु पर्छ भन्ने देखाउँछ।

राजनीतिले दिन खोजेका नतिजा कर्मचारीतन्त्रको कारणले पूरा नभएका थुप्रै उदाहरण छन्। तर कर्मचारीतन्त्रलाई कसरी करेक्सन गर्ने रु एकपटक स्थायी भएपछि पुग्ने, जति गल्ति गरे पनि सच्चिन पाइरहनु पर्ने, नतिजा नदिदा पनि हुने, उमेरमै लोकसेवा पास गरेमा सचिव र मुख्य सचिवको दाबी पुगिहाल्ने, कुनै असल कार्य सम्पादन देखाउनै नपर्ने, नतिजा प्रति उत्तरदायी हुने नपर्ने ,चुपचाप, कुनै परिणामप्रति दायित्व बिना नै सुविधा पाइरहने , यो कर्मचारीतन्त्रले हामीलाई कहाँ पुराएको छ रु यसबाट करेक्स्न हुनु जरुरी छ कि छैन ?

आगामी सरकारले कर्मचारीतन्त्रको यही गुणबाट नतिजा दिन सजिलो छैन। यसका लागि सच्चिनुपर्ने ठाउँ राजनीति र कर्मचारीतन्त्र दुबैमा छन् । तर कर्मचारितन्त्र सजिलै सुध्रिँदै अवस्थामा देखिदैन। किनकि स्थायी सरकार लाई जनताले प्रत्यक्ष रुपमा अनुगमन गर्ने ठाउँ भनेको राजनीतिक नेतृत्वको माध्यमबाट नै हो । जसलाई कर्मचारीतन्त्रले नजिकैबाट आँकलन गरिसकेको छ।

स्थायी सरकारको अर्थ निष्पक्ष तथस्ट र प्रतिबद्ध हुनु पनि हो। तर नेपालको कर्मचारितन्त्र राजनीति दल ,नेतृत्वको डम्फुमा ताली बजाउन मन पराउँछ। हाम्रो कर्मचारीतन्त्रलाई राजनीतिले नीति, नियमबमोजिम चलाउन किन सकेन रु किनकि स्वयम् मन्त्रीहरु फाइदाकालागि कानुनविपरित काम गर्न बढि रुचाउँछन्। तर कर्मचारीतन्त्र सबैभन्दा बढी कानुनबाट डराउछ। कर्मचारीतन्त्रलाई।कानून विपरित काम गर्न राजनीतिले नै सिकाउँछ। र कर्मचारीतन्त्रले राजनीतिक संरक्षण प्राप्त गर्छ ।

कर्मचारीतन्त्रलाई नतिजामा हेर्नु र कानुनबमोजिम काममा स्वतंत्रता दिनुनै यसको घाँटीमा घन्टी झुन्ड्याई दिनु भन्ने कुरा राजनीति र राजनीतिक नेतृत्वले कहिले बुझ्नेरु जुनदिन राजनीतिले बनाएको कानुन बमोजिम कर्मचारीतन्त्रले स्वतन्त्र रुपमा काम गर्न सक्छ त्यो दिनदेखि प्रत्येक कर्मचारीको घाँटीमा घन्टी बजिरहन्छ ।यसको आवाज प्रत्यक्ष रूपमा जनताले सुन्छन्। भोलिको सरकारले यो कुरा आजैदेखि बुझ्नुपर्छ। पुरानै ढर्रामा राजनीति र प्रशासन संयन्त्र चल्ने हो भने आगामी जनताको घन्टी कसरी बच्छ। यो समयले नै देखाउनेछ।