• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड



काठमाडौँ । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ ।

नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने समय आएको बताउनुभयो । नेपालको शिक्षा, स्वास्थ्य, पुनर्निमाणलगायतका क्षेत्रमा श्रीलङ्ककाको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मन्त्री डा खड्काले आउँदा दिनमा दुई देशबीचको सहयोग र सहकार्यलाई जोड दिई जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने खाँचो आँैल्याउनुभयो ।

नेपालका लागि श्रीलङ्काली राजदूत हिमाली सुभाशिनी अरुणातिलकाले अधिकांश जनता बौद्ध धर्मावलम्बी रहेको श्रीलङ्काको बुद्धको जन्मस्थल नेपालप्रति अगाध आस्था र विश्वास रहेको चर्चा गर्दै कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड दिई दुई देशका जनता लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई सरकारका साथ जनस्तरमा समेत पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वविदेश सचिव एवं श्रीलङ्कका लागि पूर्वनेपाली राजदूत डा दुर्गाप्रसाद भट्टराईले सार्क मुलुकको सबैभन्दा सबल राष्ट्र श्रीलङ्कासँग व्यापार, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्नसकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।