२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँः पशुपति समशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको छ ।

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको हो ।

उहाँले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताउनु भयो । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उहाँले बताउनु भयो । उहाँले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताउनु भयो ।

जबराले भन्नुभयो – ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडी बढाउन सक्दैन । नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौका अनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन । त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडी बढ्छ । राप्रपा पुरानो विचार मात्र होइन । राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ । अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरुलाई खबरदार गर्न राप्रपा आएको छ । त्यो खबरदार मामुली ढंगको हुँदैन ।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताउनु भयो । उहाँले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताउनु भयो ।