२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम लोकतान्त्रिक/गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउँनुभयो । उहाँले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उहाँले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारवाही गरिने प्रष्ट पार्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धिको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनाधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महासचिव डा बेदुराम भुसालले जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिँदै देशभर सङ्गठन सुदृढीकरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । पार्टीको संसदीय दलको नेता चयनका लागि आज बैठक बस्दैछ । सो बैठकपछि सचिवालय बैठक पनि बस्नेछ ।