३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस १० भित्र नयाँ सरकार बन्छ,दल बाहिरको व्यक्ति राष्ट्रपति हुदैन: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ ।

चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समयसीमाभित्रै नयाँ सरकार गठन हुने बताउनुभयो । गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने उहाँको भनाइ थियो ।

“राष्ट्रपतिले दिनुभएको समयअनुसार ७ दिनभित्रै नयाँ सरकार बन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “गठबन्धनभित्र को प्रधानमन्त्री भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धनको बैठक बस्छौँ, गठबन्धनबाट सजिलै निर्णय हुन्छ ।”

उहाँले गठबन्धनभित्र आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बनेको बताउनुभयो । आफूले औपचारिकरुपमा प्रधानमन्त्री बन्ने विषयमा गठबन्धनमा कुरा नराखिसकेको भए पनि मुलुकको नेतृत्व लिने अवसर आए जिम्मेबारी भने लिने बताउनुभयो ।

“बाहिर तपाईंले सुनेजस्तो मैले गठबन्धनभित्र औपचारिक दाबी गरिसकेको छैन”, उहाँले भन्नुभयो । मिलेसम्म गठबन्धनबाट प्रधानमन्त्री बन्ने अन्यथा नमिले एमालेसँग मिलेर तपाईं प्रधानमन्त्री बन्ने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “ ‘त्यो कुरा जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन ।”

निर्वाचनपछि सबै राजनीतिक दल र नेताहरुसँग छलफल हुनु स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री बन्नकै लागि आफूले सबै कुरा दाउमा नराखेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘कतिपय बुद्धिजिवी साथीले सुझाव दिएको हो तर त्यो अब सम्भव छैन । यो कुरा टुङ्गिसकेको छ ।’