३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गोदाममै थन्किए अल्लोका कपडा

गोदाममै थन्किए अल्लोका कपडा
अ+ अ-

बेनी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् ।

विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा बजारीकरण गर्दै आउनुभएको छ । पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ ।

“ विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ”, उहाँले भन्नुभयो । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आउनुभएका थापाले नौ जनालाई प्रत्यक्षरुपमा रोजगार दिँदै आउनुभएको छ । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट सङ्कलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ ।

गत वर्ष स्थानीयवासीबाट तीन हजार किलो अल्लोको पुवा सङ्कलन गरेको उद्योगले यस वर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्नेसँगै जङ्गलमा अल्लोको पुवा सङ्कलनबाट समेत स्थानीयवासीले अम्दानी गर्दै आएका छन् । उद्योगले अल्लोको पुवालाई प्रतिकिलो रु एक सय २० मा खरिद गर्दै आएको उद्यमीथापाले जानकारी दिनुभयो । “हामी गाउँपािलकाभित्रका स्थानीयले सङ्कलन गर्ने जति पनि अल्लोको पुवा खरिद गर्न सक्छौँ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारको खोजी थालिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले उद्योगमा अहिलेसम्म करिब २५ लाख लगानी गर्नुभएको छ । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको दिएको थियो । यस अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको रु आठ सय र कटन मिसाएको रु पाँच सय ५०, ऊन मिसाएको रु पाँच सयमा बिक्री हुने गरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिनुभयो ।

“स्वास्थ्यको लागिसमेत लाभदायी हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन, अझै पनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ”, उहाँले भन्नुभयो । जङ्गलमा पुसदेखि वैशाखसम्म अल्लोको पुवा सङ्कलन गर्ने गरिन्छ ।