५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै तीन वर्षपछि नेपालमा आज कोरोनाका नयाँ संक्रमित भेटिएनन्



अ+ अ-

काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको झण्डै तीन वर्षपछि आज आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो । आज २ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । नेपालमा २०७६ माघको पहिलो साता पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।

हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।