९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै तीन वर्षपछि नेपालमा आज कोरोनाका नयाँ संक्रमित भेटिएनन्



अ+ अ-

काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको झण्डै तीन वर्षपछि आज आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो । आज २ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । नेपालमा २०७६ माघको पहिलो साता पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।

हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।




भर्खरै