३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाका बस्तीमा परम्परागत पानीघट्ट लोप हुँदै



अ+ अ-

खलङ्गा । दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् ।

शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउनुहुन्छ । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उहाँको भनाइ छ । महाकाली नगरपालिका–७ का फगिरसिंह धामी केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको बताउनुहुन्छ ।

रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनुलगायत कारणले पानीघट्ट लोप हुँदै गएका छन् । छिटोछरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्ट बनाउ छाडेको र पानीघट्टसम्बन्धी कसैले चासो नराखेका धामीले बताउनुभयो ।

“केही वर्ष अगाडिसम्म दिनभरि मेलापात गरेर रातिको समयमा अन्न पिसानी गर्न पानीघट्ट जाने गर्दथे, अहिले घरघरमा विद्युत्बाट चल्ने आधुनिक मेसिन आएसँगै पानीघट्टको कसैले वास्ता गरेका छैनन्”, शैल्यशिखर–६ का दानसिंह धामीले भन्नुभयो । पानीघट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटोछरितो हुने भएकाले पनि घट्टको प्रयोग घट्दै गएको उहाँको भनाइ छ ।